काठमाडौं, ९ माघ । गोरखा २ बाट उम्मेदवार डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। उनले आज आफूनिकटका केही नेतासँग छलफल पछि निर्णय लिएका हुन्।
स्रोतका अनुसार, नेकपा प्रचण्ड, कांग्रेसका प्रकाशचन्द्र दवाडी, रास्वपाका उपसभापति स्वर्णिम वाग्ले लगायतले सहजीकरण मागेपछि भट्टराईले फिर्ता लिनुपरेको हो। उनले कसलाई समर्थन गर्ने भन्ने भने खुलाएका छैनन्।
गोरखा २ मा अहिले कांग्रेसका दवाडी, एमालेका मिलन गुरुङ, रास्वपाका कविन्द्र बुर्लाकोटीलगायत उम्मेदवार छन्।





