२० माघ, काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ। महानगरपालिकाले ७० वर्ष र सो भन्दा माथिका नागरिकलाई घर–घर पुगेर आधारभूत स्वास्थ्य सेवा दिने कार्यक्रम सुरु गरेको विषयमा आयोगले प्रतिक्रिया मागेको हो।
आयोगका अनुसार, कार्यबाहक नगरप्रमुखले गरेको भनिएको कार्यक्रमबारे उपलब्ध श्रव्यदृश्य सामग्रीको आधारमा पत्र लेखिएको हो। निर्वाचन आचारसंहिता २०८२ को दफा ५, खण्ड (क), उपखण्ड (ग) अनुसार वार्षिक बजेट वा स्वीकृत कार्यक्रम बाहेक नयाँ नीति, योजना वा कार्यक्रम सञ्चालन गर्न आयोगको अनुमति आवश्यक पर्छ। तर महामारी वा आकस्मिक परिस्थितिमा आयोगको स्वीकृति लिएर कार्यक्रम सञ्चालन गर्न रोक छैन।
यसै सन्दर्भमा आयोगले महानगरपालिकालाई सोधेको छ, कार्यबाहक नगरप्रमुखले सुरु गरेको स्वास्थ्य कार्यक्रम वार्षिक बजेट वा स्वीकृत कार्यक्रममा परेको हो कि छैन? यदि परेको भए, प्रमाणित कागजात आयोगमा दुई दिनभित्र पेश गर्न निर्देशन दिइएको छ।





