समाचार

निर्वाचन आचारसंहिता लागू भएपछि न्यायाधीश नियुक्तिमा रोक

२१ माघ, काठमाडौं । निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै निर्वाचन आयोगले न्यायपरिषद् सचिवालयलाई नयाँ न्यायाधीश नियुक्त नगर्न पत्र पठाएको छ।

न्यायपरिषद्ले गत साता पत्राचारमार्फत परीक्षा बाहेक ज्येष्ठताका आधारमा पनि न्यायाधीश नियुक्ति गर्न आग्रह गरेको थियो। तर निर्वाचन आयोगले सो अनुरोध अस्वीकार गर्दै निर्वाचन आचारसंहिता लागू भएको समयमा यस्तो नियुक्ति नहुने स्पष्ट पारेको छ।

यसअघि केही साता अघि लोकसेवाको प्रतिस्पर्धाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरूको पदस्थापनाको प्रक्रिया जारी रहेको छ। आयोगको निर्णयअनुसार अब न्यायाधीश नियुक्ति चुनावपछि मात्रै अघि बढ्ने छ।