२१ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका–६ स्थित बौद्ध टुसालमा रहेको एक घरबाट एक करोड रुपैयाँभन्दा बढी मूल्यका सुनचाँदीका गरगहना चोरी भएको छ।
टुसालमा रहेको रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरका विभिन्न सुन तथा चाँदीका गरगहना चोरी भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। कार्यालयका अनुसार मंगलबार दिउँसो उक्त चोरीको घटना भएको हो।
घरधनी परिवारका सदस्य कपडा धोएर छतमा सुकाउन गएको समयमा करिब एक घण्टासम्म घर खाली रहेकाले सोही अवसरमा चोरी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त रूपमा घटनाको अनुसन्धान अघि बढाएका छन्।





