समाचार

बाबुराम भट्टराईका बुवाको पशुपतिमा अन्त्येष्टि

२२ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईका बुवा भोजप्रसाद भट्टराईको आज अन्त्येष्टि गरिएको छ ।

९७ वर्षीय भट्टराईको आज बिहान निधन भएको थियो । उनको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो ।

केही दिनदेखि स्वास्थ्यमा जटिल समस्या देखिएपछि भोजप्रसाद भट्टराईलाई बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा आज बिहान उनको निधन भएको परिवार स्रोतले जनाएको छ ।

अन्त्येष्टि कार्यक्रममा प्रलोपा पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । अन्य राजनीतिक दलका उच्च तहका नेताहरू भने कार्यक्रममा सहभागी भएका थिएनन् ।