२८ माघ, जनकपुरधाम । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष तथा उम्मेदवार राजीव झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
धनुषा क्षेत्र नम्बर ३ का राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार रहेका झा बुधबार रास्वपामा आबद्ध भएका हुन् । जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनलाई रास्वपाका उम्मेदवार मनिष झाले पार्टीमा स्वागत गरे ।
झासँगै राष्ट्रिय मुक्ति पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूले पनि रास्वपा प्रवेश गरेका छन् । उनीहरूको प्रवेशसँगै धनुषा–३ मा रास्वपाको संगठन थप सुदृढ हुने पार्टीले जनाएको छ ।





