२९ माघ, डोल्पा । डोल्पामा जिप दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । बिहीबार बिहान त्रिपुरासुन्दरी नगरपालिका–३ जिउ गाउँबाट त्रिपुराकोटतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको हो ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार जिप सडकबाट खस्दा पूर्ण रूपमा क्षतिग्रस्त भई टुक्राटुक्रा अवस्थामा फेला परेको छ । जिपमा सवार चारै जना दुर्घटनामा गम्भीर घाइते भएका प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाले दुर्घटनाको खबरको पुष्टि गर्दै घटनाबारे थप विवरण संकलन भइरहेको जनाएको छ । प्रहरी टोली घटनास्थलमा पुगिसकेको र क्षतिको विवरण तथा दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।





