बाग्मती

उपभोक्ता अदालतको अध्यक्षमा डा भट्ट नियुक्ति

१२ फागुन, काठमाडौँ । मन्त्रिपरिषद्को आजको बैठकले न्याय परिषद्को सिफारिसबमोजिम डा दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्ति गरेको छ । गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार काठमाडौँ जिल्ला न्यायाधीश भट्टलाई सो अदालतको अध्यक्षमा नियुक्त गरिएको हो ।

डा भट्टले त्रिभुवन विश्वविद्यालयबाट नेपालमै सर्वप्रथम सञ्चालित कानुनमा स्नातकोत्तर (एलएलएम) डिग्री प्रथम श्रेणीमा प्रथम भई उत्तीर्ण गरेका छन् र सोका लागि उनी महेन्द्र विद्या भुषण ‘ख’ बाट विभूषित भएका थिए। उनले हङकङ विश्वद्यालय हङकङबाट अन्तरराष्ट्रिय कानुन र मानव अधिकार विषयमा प्रथम श्रेणीमा कानुनमा स्नातकोत्तर (एलएलएम) डिग्री हासिल गरेका थिए।

कानुन र न्याय क्षेत्रमा करिब दुई दशकभन्दा बढीको अनुभव प्राप्त गरेका उनले त्रिभुवन विश्वविद्यालयवाट विद्यावारिधी (पिएचडी) डिग्री हासिल गरेका छन् । उनका न्याय र कानूनका क्षेत्रमा दर्जनौं अनुसन्धानमूलक लेख रचनाहरू प्रकाशित हुनाका साथै उनको लेखन, अनुसन्धान र प्रशिक्षणमा विशेष दख्खल रहेको छ । उनीसँग राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थामा अनुसन्धान र प्रशिक्षण गर्नुभएको विशेष अनुभव रहेको छ । कानुनी क्षेत्रमा लेखक एक स्थापित र आफ्नो विषयमा विशेष दख्खल राख्ने व्यक्ति हुन् ।