समाचार

प्रधानमन्त्रीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषद्को बैठक

२० फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक आह्वान गरेकी छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने जनाइएको छ।

प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा निर्वाचनअघि सबै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्ने योजना बनाएकी हुन्। बैठकमा देशभरको पछिल्लो सुरक्षा अवस्थाबारे विस्तृत ब्रिफिङ दिइने जानकारी प्राप्त भएको छ।