समाचार

पुष्पकमल दाहाल- चितवनमा मतदान, आफ्नै क्षेत्रमा भने दिन पाएनन् मत

२१ फागुन, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट मतदान गरेका छन्।

क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका-१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मा रहेको मतदान केन्द्रबाट उनले आफ्नो मत खसालेका हुन्।

यसै क्षेत्रमा उनकी छोरी रेनु दाहाल उम्मेदवार रहेकी छन्। रेनु दाहाल भरतपुर महानगरपालिकाकी पूर्वमेयरसमेत हुन्।

यद्यपि, प्रचण्डले आफू उम्मेदवार रहेको क्षेत्रमा भने मतदान गर्न पाएनन्। उनी यस पटक रुकुम पूर्व बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन्।

यसैगरी, नारायणप्रसाद दाहाल ले पनि प्रचण्डले मतदान गरेकै मतदान केन्द्रबाट आफ्नो मत खसालेका छन्।

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको स्थानीय प्रशासनले जनाएको छ।