समाचार

बाजुरामा कांग्रेसका जनकराज गिरी ५४० मतान्तरले विजयी

२४ फागुन, काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापालाई ५४० मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार गिरीले १७ हजार १७३ मत प्राप्त गरेका छन् भने एमालेका थापाले १६ हजार ६३३ मत पाएका छन् ।

यसैगरी तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हेमराज थापा रहे । उनले तीन हजार ४२८ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश शाह पनि तीन हजार ४२८ मतसहित चौथो स्थानमा रहेका छन् ।

अन्य उम्मेदवारमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका केशरबहादुर शाहीले ३५२, नेकपा माओवादीका भुपेन्द्र ल्वारले ३३३, प्रगतिशील लोकतान्त्रिक पार्टीका दिपककुमार डिसीले ९७ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले ७२ मत प्राप्त गरेका छन् ।