६ चैत, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले घण्टीमा भोट हाल्ने केन्द्रिय सदस्य पत्ता लगाएएर कारबाही गर्ने चेतावनी दिएका छन् ।
नेकपाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई भोट हाल्ने नेताहरुको खोजि गरिरहेको छ ।
बिहीबार जनबर्गीए संगठनका नेताहरुको बैठकलाई पेरिसडाँडामा सम्बोधन गर्दै दाहालले केन्द्रिय सदस्यहरुले आफ्ना पार्टीका उम्मेदवारलाई भोट नै नहालेको रिपोर्ट आएको भन्दै यस्तो चेतावनी दिएका हुन् ।
आफ्नो पार्टीलाई भोट नदिएर रास्वपालाई भोटहाल्नेहरु माथीको कारबाहीको सुरुवात केन्द्रिय सदस्यबाट सुरुवात गर्ने उनले बताए । पार्टी पुनैगठनको सुरुवात पनि यहिबाट हुने बताएका थिए ।





