११ वैशाख, काठमाडौं । विक्रम पाण्डे पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो ले शुक्रबार पक्राउ गरेको हो।
पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टी का वरिष्ठ नेता तथा उपाध्यक्ष हुन्। उनी २०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
प्रहरीका अनुसार उनलाई ई–बिडिङ प्रणालीको वेबसाइट ह्याक गरी आफूअनुकूल ठेक्का पार्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो।
यसअघि पनि उनीमाथि सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले मुद्दा दायर गरेको थियो। सो मुद्दामा उनी ४ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।





