११ वैशाख, काठमाडौं । उद्योगी पवन गोल्यान ले सामाजिक सञ्जालमार्फत आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै खण्डन गरेका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको आफ्नो प्रतिक्रियामा उनले अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट सँग आफ्नो कुनै साझेदारी वा व्यावसायिक सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। साथै, हिमालयन रिइन्स्योरेन्स लिमिटेडमा आफ्नो कुनै पनि प्रकारको शेयर नरहेको पनि उनले उल्लेख गरेका छन्।
गोल्यानले आफ्नो नाम जोडेर प्रकाशित विवरणहरू भ्रामक, अप्रमाणित र कपोकल्पित भएको दाबी गर्दै यस्ता सामग्रीले आफ्नो लामो समयदेखिको सामाजिक तथा पेशागत प्रतिष्ठामा आँच पुगेको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत गलत समाचारमा विश्वास नगर्न आग्रह गर्दै तथ्यहीन सूचना फैलाउँदा पत्रकारिताप्रतिको विश्वास कमजोर हुने बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्:






