समाचार

बुटवलमा पनि चल्यो डोजर, दर्जनौं घर टहरा भत्काइए

१३ बैशाख, बुटवल । उच्च अदालत बुटवलको अतिक्रमित सरकारी जग्गामा डोजर चलाइएको छ ।

आज बिहान १० बजेपश्चात् त्यहाँका घरटहरा र संरचनामा डोजर चलाइएको हो ।

बुटवल उपमहानगरपालिका–४, जेसिजचोक उत्तरतर्फको अतिक्रमित जग्गा खाली गराउन अदालतको आग्रहमा डोजर चलाइएको उपमहानगरले जनाएको छ ।