ब्रेकिङ न्युज

कोरला नाकाबाट भित्रिएका ७७४ विद्युतीय गाडी प्रहरीको नियन्त्रणमा

२१ जेठ, काठमाडौं। मुस्ताङस्थित कोरला नाकाबाट नेपाल भित्र्याइएका ७७४ वटा विद्युतीय सवारीसाधन (ईभी)सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

गलत कागजात प्रयोग गरेर सवारीसाधन भित्र्याइएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरीले ती गाडी नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार हाल भन्सार कार्यालयका कर्मचारीले कागजात र सवारीसाधनको विस्तृत परीक्षण गरिरहेका छन् ।

व्यवसायी पक्षले भने ती गाडीहरू सरकारले विद्युतीय सवारीमा कर वृद्धि गर्नुअघि नै नेपाल ल्याइएको दावी गरेको छ । तर करको दायित्वबाट बच्न पछिल्लो समय पुराना मितिका कागजात तयार गरिएको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाइएको सुरक्षा अधिकारीहरूको भनाइ छ

बुधवार राति म्याग्दी सिमानातर्फ लैजाँदै गरिएका सवारीसाधन नियन्त्रणमा लिइएको जनाइएको छ । घटनाबारे थप छानबिन जारी रहेको छ ।