समाचार

हिमालय एअरलाइन्स्कोे ऐतिहासिक काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान

२२ जेठ काठमाण्डौँ । काठमाडौँ, नेपाल–नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्स्ले जुन ०४, २०२६ देखि नेपालको राजधानी काठमाडौँ र चीनको ‘सिलिकन भ्याली’का नामले प्रख्यात शेन्जेनबीच ऐतिहासिक सिधा उडान सेवा सुरु गरेको छ ।

हिमालय एअरलाइन्स्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्क्ष्ब्), काठमाडौँबाट शेन्जेनस्थित शेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थल (क्श्ह्) बीच साप्ताहिक दुई सिधा उडानहरू सेवा आरम्भ गरेको छ । यो नेपालको नागरिक उड्डयन इतिहास तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको दृष्टिकोणबाट एक महत्वपूर्ण र ऐतिहासिक उपलब्धि हो ।

हाम्रो ऐतिहासिक काठमाडौँ–शेन्जेन उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुन ०४, २०२६ मा नेपाली स्थानीय समयअनुसार राति ०९ः५९ बजे ९८ यात्रुसहित प्रस्थान ग¥यो । जुन ०५ मा उक्त उडान चीनको स्थानीय समय अनुसार बिहान ०४ः१७ बजे शेन्जेन स्थित शेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग¥यो । त्यसैगरी, शेन्जेन–काठमाडौँ उडानले शेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुन ०५, २०२६ मा चीनिया स्थानीय समयअनुसार बिहान ०६ः१२ मा १५७ यात्रुसहित प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समय अनुसार बिहान ०८ः२६ मा काठमाडौँ अवतरण ग¥यो ।

काठमाडौँबाट शेन्जेनका लागि प्रत्येक मङ्गलबार र बिहीबार प्रस्थान उडान हुनेछ भने शेन्जेनबाट काठमाडौँका लागि फर्कने उडान प्रत्येक बुधबार र शुक्रबार सञ्चालन हुनेछ ।
यो नयाँ सेवा सुरु भएसँगै यसले यात्रुहरूको पहुँचमा वृद्धि गर्दै नेपाल र चीनबीचको लामो समयदेखिको सम्बन्धलाई अझै मजबुत बनाउने छ । यस पहलका साथ, हामीले काठमाडौँ–शेन्जेन–काठमाडौँ मार्गलाई प्रवद्र्धन गर्दै हाम्रा यात्रुहरूका लागि आरामदायी र रमणीय यात्रा विकल्पहरू उपलब्ध गराउने लक्ष्य राखेको छ ।

हिमालय एअरलाइन्स् आफ्ना यात्रुहरूलाई गुणस्तरीय सेवा र सुरक्षित यात्राको अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध छ । यो मार्गमा उडान शुभारम्भ भएसँगै नेपाल र चीन दुवै लाभान्वित भई पर्यटन र व्यापारिक अवसरहरू बढ्ने अपेक्षा गरिएको छ ।

हिमालय एअरलाइन्स्सँग यात्रा गर्न चाहनुहुने यात्रुहरूले एअरलाइन्स्को टिकटिङ काउन्टरहरू, अधिकारिक ट्राभल पार्टनरहरूका साथै एअरलाइन्स्को आधिकारिक वेबसाइट www.himalaya-airlines.com र हिमालय एअरलाइन्स् मोबाइल एप्लिकेसनबाट पनि काठमाडौँ–शेन्जेन–काठमाडौँ उडानको टिकट बुक गर्न सक्नेछन् ।