ब्रेकिङ न्युज

खुला प्रतिस्पर्धाबाट राजदूत बन्न ३ हजार आवेदन

२२ जेठ, काठमाडौं । सरकारले पहिलो पटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्ति प्रक्रिया अघि बढाएपछि करिब ३ हजार आवेदन परेको छ। परराष्ट्र मन्त्रालयले जेठ १४ देखि २२ गतेसम्म आवेदन आह्वान गरेको थियो।

हाल रिक्त रहेका १७ राजदूत पदका लागि प्राप्त आवेदनहरूको रुजु तथा प्रमाणीकरणपछि योग्य उम्मेदवारको सूची मन्त्रिपरिषद्मा पठाइने मन्त्रालयले जनाएको छ। मन्त्रिपरिषद्को सिफारिसपछि संसदीय सुनुवाइ र राष्ट्रपतिबाट नियुक्तिको प्रक्रिया पूरा हुनेछ।

सरकारले ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५’ अनुसार पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत छनोट गर्न लागेको हो।