ब्रेकिङ न्युज

‘योगदान’को हिसाब खोज्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउँछ : रवि लामिछाने

२३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र पदको अपेक्षा राख्ने वा आफ्नो योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति हितकर नहुने बताएका छन्।

आगामी महाधिवेशनको तयारी भइरहेका बेला सामाजिक सञ्जालमार्फत उनले पार्टी स्थापनाको चार वर्षमै यस्ता प्रवृत्ति देखिनु चिन्ताजनक भएको उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रिया, संवाद र सहमतिका आधारमा नेतृत्व चयन हुनुपर्ने बताएका हुन्।

लामिछानेले रास्वपा आजको अवस्थामा केही व्यक्तिको मात्र योगदानले नभई मतदाताको विश्वास र पार्टी सदस्यहरूको समर्पणले पुगेको बताए। उनले ‘म’ केन्द्रित सोच त्यागेर ‘हामी’ को भावनासहित पार्टीलाई थप समावेशी, सुदृढ र नेतृत्वदायी राजनीतिक शक्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।