२४ जेठ, काठमाडौं । रास्वपा काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् । सभापतिका अर्का प्रत्यासी सुरेश सापकोटालाई पछि पार्दै शाक्य निर्वाचित भएका हुन् ।
उपसभापतिमा रवीन्द्र गौतम, सचिवमा शन्तमान महर्जन र सहसचिवमा शौरभ बस्नेत निर्वाचित भएका छन् ।
अधिवेशनका लागि ५२२ प्रतिनिधि रहेकोमा ४३८ मत खसेको थियो ।





