१२ असार, काठमाडौं । जगदीश खरेलले रास्वपा महामन्त्री पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन्।
चुनाव हुनुअघि आज बिहान उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिइएको घोषणा गरेका हुन्।
उनले लेखेका छन्, ‘सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको छु। लामो बाटो तय गर्नुछ ।





