समाचार

‘खुकुरी हान्छु’ भन्दै सामाजिक सञ्जालमा खुकुरी देखाउने सुकुम्बासी पक्राउ

१५ असार, काठमाडौँ । कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुमबासीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङ छन्।

उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धानको लागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले  बताए।

आरोपीले सुकुमबासी समस्या समाधान नभएर ‘खुकुरी हान्छु’ भनेर सामाजिक सञ्जालमा खुकुरी समेत प्रदर्शन गरेको आरोप छ ।