१६ असार, काठमाडौं । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुररबंगुर मरेका छन्।
दुई महिनायता फैलिएको अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट हालसम्म २५० भन्दा बढी सुँगुररबंगुर मरेको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोरखा नगरपालिका-६, मानवसेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका ८० वटा र सोही क्षेत्रकी जुना रेग्मीको फार्मका १० वटा बंगुर मरेका छन्। त्यस्तै मान्द्रेढुंगाका धनकुमार गुरूङको फार्मका ६० वटा बंगुर दुई साताको अवधिमा मरेका छन्। बाँकी अन्य किसानका फार्मका सुँगुररबंगुर पनि संक्रमणका कारण मरेका हुन्।
अहिलेसम्मको तथ्यांकअनुसार गोरखा नगरपालिका-६, ७ र ८ तथा सहिद लखन गाउँपालिका–७ का फार्ममा रहेका सुँगुररबंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएको कोइरालाले जानकारी दिए। उनका अनुसार जिल्लामा यो रोगको संक्रमण पहिचान भएको करिब दुई महिना मात्र भएको छ।
‘अहिलेसम्म यस रोगको न उपचार छ, न त खोप नै उपलब्ध छ। त्यसैले संक्रमण भएपछि सुँगुररबंगुर मर्नु निश्चितजस्तै हुन्छ। संक्रमित स्थानमा पुगेका मानिसको लसपस, दाना तथा औषधिमार्फत पनि यो रोग सर्न सक्छ,’ उनले भने।
उनका अनुसार उपचार नभएकाले यसबाट बच्न आवश्यक सावधानी अपनाउनु नै एक मात्र उपाय हो।
‘अफ्रिकन स्वाइन फिभरका कारण धमाधम सुँगुररबंगुर मरेका जानकारी आएका छन्। केही फार्म दर्ता भएका छन् भने केही दर्ताविहीन भएकाले सबै विवरण प्राप्त नभएको हुन सक्छ,’ उनले भने। उनले रोगबाट बच्न संक्रमित खोर तथा त्यहाँको संसर्गबाट टाढा रहन सुझाव दिए।
किसान धनकुमार गुरूङका अनुसार संक्रमण भएपछि सुँगुररबंगुरमा ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा धब्बा वा दाग देखिने तथा करिब एक साताभित्र मर्ने लक्षण देखिने गर्दछ





