ब्रेकिङ न्युज

पहिरो हटाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक

१७ असार, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो हटाइएको छ । आज बिहान तुइन खोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

अहिले सडकमा खसेको सुक्खा पहिरो हटाएर सवारी आवागमन सुचारु गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

ूमुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको सडक आवागमन, सञ्चालनमा आएको जानकारी गराउँछौँ । सवारीसाधनहरू आफ्नो लेन अनुशासन पालना गर्नुहुनहुन अनुरोध गरिन्छ, सडक डिभिजन भरतपुरले सूचना जारी गर्दै भनेको छ ।