काठमाडौँ । नेपाल बार एशोसिएनको आगामी चैत १६ हुने २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूह र ‘बृहत् लोकतान्त्रिक समूह’ले छुट्टाछुट्टै चुनावी भेला गरेका छन् । चुनावी भेलालाई संशोधन गर्दै अध्यक्षका उम्मेदवार दुवैले निष्ठावान् र प्राज्ञिक न्यायलय बनाई न्यायपालिकाको प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्नका लागि आ–आफ्नो समूहले जित्नुपर्ने जिकिर गरेका थिए ।
प्रगतिशील, पेशागत तथा समावेशी समूहका तर्फबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले बारलाई व्यावसायिक, प्राज्ञिक र मर्यादिन बार बनाउन र स्वतन्त्र तथा निष्पक्ष न्यायपालिका निर्माणका लागि आफ्नो समूहले जिप्नुपर्नेमा जोड दिएका थिए । लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनील पोखरेलले नेतृत्व केन्द्रितभन्दा पनि नीति केन्द्रित बार बनाइ प्राज्ञिक र भ्रष्टाचारमुक्त बार बनाउनका लागि आफ्नो समूहले जित्नुपर्नेमा जिकिर गरे ।
बारको आगामी शनिबार निर्वाचन हुँदैछ । बारमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक जना र सातै प्रदेशबाट एक/एक जना गरी आठ जना उपाध्यक्ष निर्वाचित हुनेछन् । गत फागुन ६ गते मनोनयन दर्ता गरेको थियो । बारको २५ कार्यसमितिका लागि ६३ जनाको उम्मेदवारी परेको छ । देशभर रहेका १० हजार ३१३ मतदाताले ३५ मतदान केन्द्रबाट मतदान गर्नेछन् । केन्द्रीय कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।





