काठमाण्डौ । प्रहरीले ७ किलो सुनसहित ग्याल्बो घलेलाई पक्राउ गरेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमान्स्थलबाट ३३ किलो सुन काण्डको टुंगो नलाग्दै सुन तस्करहरु प्रहरीले पक्राउ गर्ने क्रममा आज रसुवाको टिमुरेमा घले पक्राउ परेका हुन् ।
ना६ ख ९०६८ नम्बरको स्याउ बोकेको ट्रकमा प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त सुन फेला परेको डीएसपी सन्तोस तामाङले बताएका छन् । नेपालको एकमात्र बिमानस्थलमा सुन तस्करी गर्नेलाई कडाई भएपछि रसुवाको केरुङ नाकातर्फ तस्करहरुले बाटो परिवर्तन गरेको हुनसक्ने घटनाक्रमले देखाएको छ ।




