काठमाण्डौ । पूर्ब प्रधानमन्त्री एबम् नेकपाका बरिष्ठ नेता माधब कुमार नेपालले टंक प्रसाद आचार्यले मुलुकको प्रजातन्त्रको लागि महत्वपूर्ण योगदान गरेको बताएका छन् । टंकप्रसाद आचार्यको २६ औं स्मृति दिवशको अवशरका काठमाण्डौको कोटेश्वरस्थीत शालीकस्थलमा बुधबार सम्पन्न कार्यक्रममा बोल्दै स्व आचार्यको योगदानलाई राज्यले कदर गर्नेगरी प्रधानमन्त्रीसंग कुरा राख्ने दाबी गरेका थिए । नेता नेपालले स्व आचार्यको नेतृत्वमा ०९७ सालमा आन्दोलनको शुरुवात नभएको भए मुलुकमा प्रजातन्त्र आउन त्यती सहज नहुने दाबी गरेका थिए । आचार्यको शालीकलाई प्रतिष्ठानलाई उपयुक्त स्थान हेर्न आग्रह गर्दै त्यसको लागि पहल गर्ने दाबी गरेका छन् ।
कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता लोकेश ढकालले काँग्रेसले बीपी र गणेशमान जस्ता नेताहरुलाई बिर्शेजस्तै नेकपा सरकारले टंकप्रसाद आचार्यको शालीकलाई कुनामा राखेर जुंदा सहीद आचार्यको अपमान गरेको विचार ब्यक्त गरेका छन् । नेता ढकालले टंक प्रसाद आचार्यको शालीकलाई काठमाण्डौको कुनै चौकमा लगेर राख्न ओली सम्माननीय प्रधानमन्त्री केपी ओलीले ध्यान दिनुपर्ने बताएका थिए ।
उद्योगपति एबं आचार्य बन्धु समाज नेपालका निबर्तमान अध्यक्ष कृष्ण आचार्य, समाजका महासचिव बाबुराम आचार्य, डा. काँशीराज दहाल, पुर्व गभर्नर दीपेनद्य्र बहादुर क्षेत्री, काठमाण्डौ वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसी, वडा नम्बर ३५ नवराज पराजुली लगायतका ब्यक्तीहरुले कार्यक्रममा उपस्थिति थिए ।
प्रतिष्ठानका अध्यक्ष अरबिन्द रिमालले प्रतिष्ठानले स्व आचार्यले लोकतन्त्रको लागि गरेको योगदान अतुलनीय भएको भन्दै प्रतिष्ठानले योगदानको कदरका लागि सरकारसंग ढोका ढक्ढक्याईरहेको र शालीक स्थानान्त्तरण सहित थप सहयोगका लागि सहयोग गर्न सरकारसंग आग्रह गरेका थिए ।
सो अवशरमा प्रतिष्ठानले विश्वब्यापीकरणका सन्दर्भमा नेपालको राष्ट्रियता पुष्तक लोकार्पण गरेको थियो भने उक्त पुस्तककोबारेमा प्रा. डा आनन्द आदित्यले बताएका थिए । कार्यकारी निर्देशक गोबिन्द प्रसाद दुलालले कार्यक्रम संचालन गरेका थिए । ।






