काठमाण्डौ । पुर्ब प्रधानमन्त्री डा बाबुराम भट्टराईले भारतले बनाएको धर्मशाला समेत होटल बनाउन ब्यापारीलाई दिने निर्णय पशुपति विकास कोषले गरेका बेला पर्यटन मन्त्री योगेश भट्टराई हराएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै व्यापारीलाई होटल बनाउने ठेक्का दिएपछि होटलमा धनी मान्छेमात्र बस्न पाउने भन्दै पशुपतिनाथले पनि लुटेराहरुबाट देश बचाउन नसक्ने अवस्थाको श्रजना भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
डा भट्टराईले नेकपाका प्रभावशाली युवा नेता समेत रहेका साँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रति प्रश्न गरेका छन् । उनले र्धम गर्ने स्थानलाई व्यापारिक हिसावले हेरी धर्मशाला मासेर ब्यापारीलाई होटल बनाउन दिने निर्णय दुश्कर्म र पाप भएको ठोकुवा समेत गरेका छन् ।
उनको स्टाटस्, ‘अर्काले बनाइदिएको धर्मशाला पनि मासेर व्यापारीलाई हेटेल बनाउन दिने भन्दा ठुलो दुष्कर्मरपाप अरू के हुनसक्छ ? अब पशुपतिनाथको दर्शन पनि गरीबले हैन धनीले मात्र गर्न पाउने ? देश कता जाँदैछ? अब पशुपतिनाथले पनि लुटेराहरूबाट यो देशको रक्षा गर्न नसक्ने भएका हुन् ? केही आशा गरिएका मन्त्री कता ?’






