काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बस्ने बैंठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचन लगायतका विषयमा छलफल हुने जनाईएको छ ।
आजका लागि बोलाएको केन्द्रीय समिति बैठकमा छलफल हुने एजेण्डाका बारेमा साझा धारणा बनाउन हिजो बैंठक बसको थियो । पार्टीबाट निर्वाचन लड्ने उमेदवारका बिषयमा पनि आजको केन्द्रीय समितिको बैंठकले आवश्यक निर्णय गर्ने भएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा नेपाल बिद्यार्थी संघ र नेपाल तरुण दललगायतका भातृसंगठनलाई पूर्णता दिने विषयमा पनि छलफल हुने छ । यस्तै केन्द्रीय समिति बैठकपछि नेपाल विद्यार्थी संघको नयाँ कार्यसमिति आउन सक्ने उनको भनाई छ ।
समसामयिक राजनीतिक विषय वस्तु, संवैधानिक परिषद्, सत्य निरुपण तथा मेलमिलाप आयोग, उपनिर्वाचनको तयारी लगायतका विषयमा यसअघि पनि नेपाली काँग्रेसको पदाधिकारी बैंठकमा छलफल भएको थियो ।





