काठमाडौं । गायक दुर्गेश थापा पक्राउ प्रकरणको एक साता नबित्दै फेरी अर्काे गाएक पक्राउ परेका छन् । चर्चित नेपाली र्यापर भिटेनलाई प्रहरीले पक्राउ गरेको छ । उनिले गाएको एउटा गितको शब्द र फेसबुकमा राखेको तस्वीरको आधारमा उनलाई प्रहरीले पक्राउ गएको हो।
महानगरीय प्रहरी खपराध महाशाखाको टोलीले उनलाई जावलाखेलबाट पक्राउ गरेको छ । उनले गाएको हामि यस्तै त हो नि ब्रो निकै चर्चित भएको छ ।
सोहि गितमा समाबेश भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् ।
केहिदिन अघि मात्रै गाएक दुर्गेश थापा पक्राउ परेका थिए । उनले गाएको गितमा समाबेस गरेका शब्द को बिबादमा उनिलाई प्रहरीले पक्राउ गरेको थियो ।





