राजनीति

राप्रपा र नेकपाका दर्जनौं माथिल्लो स्तरका नेता/कार्यकर्ता काँग्रेसमा, काँग्रेसमात्र जनताको पार्टी भएको दाबी

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचनद्र पौडेल, उपसभापति बिमलेन्द्र निधि लगायतका नेताहरुले राप्रपा र नेकपाका दर्जनौ माथील्लो स्तरका नेता कार्यकर्तँलाई काँग्रेस प्रवेश गराएका छन् । उपनिर्बाचनमा दुईतिहाई मतको नेकपालाई आजको काँग्रेसप्रतिको नेता कार्यकर्ताको प्रवेश गर्ने लहरले डर श्रृजना भएको राजनीतिकबृतमा छलफल हुन थालेको छ । काँग्रसले प्रथम र दोस्रो चरणको बीपी जनजागरण अभियानका क्रममा गरी झडै एक लाख अन्य पार्टीका कार्यकर्तालाई काँग्रेसमा भित्र्याईसकेको अवस्थामा आजपनि भित्र्याएको हो ।

प्रवेश गर्नेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका पूर्व सह–महामन्त्री, कर्णाली प्रदेश पूर्व प्रमुख एवं केन्द्रीय सदस्य कर्णबहादुर बुढा सहित राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, डोल्पाका पदाधिकारी र सदस्यहरु क्रमशः उपाध्यक्ष श्यामबहादुर रोकाया, जिल्ला कार्यसमितिका सदस्यहरु— नन्दबहादुर कार्की, शेरबहादुर कठायत, हिक्मत शाही, निमा छिरिङ बुढा, महेश बुढा, शिव झाँक्री, कमलबहादुर बुढा, तजन रोका, तेन्जिङ रोका, दावा छिरिङ भोटे, पेम्वा छिरिङ मगर, फेन्दे गुरुङ, तेन्जिन फूर्वा मगर, मइन बुढा, सरिता बुढा, तेन्जेन रोका, लाउची रोका, लामु झाक्री, राजु हिराचन झाक्री, अम्लेश बुढा, अमिर रोका, टोटाङ रोकाय, मानबहादुर बुढा, सोमराज मल्ल, रन्जना शाही, सन्दर झाक्री, गुरु छोयसाङ बुढा, कार्मा बुढा, वसु झाक्री, लक्ष्मी रोका, रत्न राना, धनिराम मल्ल, नन्दकुमारी मल्ल, रेशम मल्ल, विश्वनाथ राना मगर, प्रद्युम्न शाही, धृष्टधुम्न शाही, यशु शाही, विद्या शाही, सुनिता बोहरा, दिलचन्द्र शाही, आरधना शाही, हिक्मत कुमार बोहरा, अभिमन्यु बोहरा, रमेश शाही, जितेन्द्र शाही, इन्द्रबहादुर शाही, मलि बुढा, जुना बुढा, विवेक शाही, मिना रोका सहित जम्मा ४९ जना र पूर्व नेकपा (माओवादी) केन्द्रीय राष्ट्रिय महाधिवेशन आयोजन समितिका सदस्यहरु एवं हाल नेपाल कम्युनिष्ट पार्टीका कर्णबहादुर शाही र लोकबहादुर चलाउने लगायत दर्जनांै नेता कार्यकर्ता विना शर्त नेपाली कांग्रेसमा आज प्रवेश गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रम बीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवप्रवेशीहरुलाई पार्टीको सदस्यता प्रदान गरेका थिए ।