राजनीति

प्रेस सङ्गठन नेपालको प्रथम राष्ट्रिय भेला पुस १२ गते

काठमाडौँ । धानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष आतिथ्यतामा प्रेस सङ्गठन नेपालको प्रथम राष्ट्रिय भेला तथा कार्यक्रम यही पुस १२ गते हुने तय भएको छ ।

एकतापछि काठमाडौँमा हुन लागेको भेलामा सङ्गठनका केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय आयोगका सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला (प्रतिष्ठान र एसोसिएट) का संयोजक र सहसंयोजक सहभागी हुने भएका छन् ।