राजनीति

देउवा/पौडेल पानीबाराबार! कार्यकर्ता/शुभचिन्तकका लागि पौडेलको आयो यस्तो महत्वपूर्ण सन्देश

काठमाडौं । पछिल्लो समय काँग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच सम्बन्ध थप चिसिएको छ । चिसिएको त पुरानै रोग भएपनि पानी बाराबारको अवस्थामा पगुगेको सम्बन्ध समधुर बनाउने कोशिस सभापति देउवातर्फबाट पनि भईरहेको छ भने बरिष्ठ नेता पौडेल आफैंले पनि बिभिन्न तरिकाले गरिरहेका छन् । मंशिर २६ गतेदेखी केन्द्रीय समिति बैठक बहिस्कार गरेका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिस्कार गरेकै समयमा सभापति देउवा पक्षले बिभागहरु बढाउने, तरुण दलको मयाद थप्ने, महाधिवेशनको मिति फागुण ७ गतेदेखीलाई गर्ने लगायतका निर्णय गरेपछि पौडेल पक्षले निर्णय फिर्ता नलिएसम्म बैठकमा नबस्ने निर्णय गरेको छ ।

रामचन्द्र पौडेलले बीपी र गाणेशमा पुत्र डा शसाँक कोईराला र प्रकाशमान सिंहलाई छेउमा राखी कोईराला निवास महाराजगंजमा पत्रकार सम्मेलन गरेर बैठक बहिस्कारको निर्णय भएको सुनाएका थिए । महामन्त्री डा कोईराला, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला लगायतका पौडेल र सिटौला पक्षधर नेताहरुले सभापति देउवालाई जसरीपनि सभापतिबाट ननिकाले पार्टी बलियो नहुने जिकिर गर्दै अन्तरवार्ता र भाषणहरु दिईरहेका छन् । अर्कातर्फ देउवापक्षका नेताहरु भने पौडेलपक्षका नेताहरुको प्रतिकृयाप्रति कडा रुपमा बोलेका छैनन् ।

यसैबीच आज पौष १६ गते परेको २०३३ सालमा वीपी कोईराला भारतबाट फर्किएपछि मनाउन शुरु गरिएको मेलमिलाप दिवशको अवशरमा बरिष्ठ नेता रामचन्द्र पौडेलले एउटा भावनात्मक रुपमा अशल काँग्रेसलाई सकारात्मक सन्देश दिने पोष्ट गरेका छन् । यसबाट काँग्रेस अझ बलियो हुने भन्ने अनुमान सहजै लगाउन सकिने बिश्लेशकहरु बताउछन् । उनको स्टाटसमा सकारात्मक कमेन्टहरुको ओईरो लाग्न थालेकोबाट पनि गुटका कारण थलिएको काँग्रेसप्रतिथ कार्यकर्ता र शुभचिन्तक कति चिन्तित छन् भन्ने प्रमाणित हुन्छ । उनले ४४ औं मेलमिलाप दिवशका अवशरमा शुभकामना दिँदै सभापति देउवासँग सँगै रहेको तस्वीर राख्नु मेलमिलापको दह्रो प्रतिकको रुपमा चित्रण गर्न सकिन्छ ।

उनले भनेका छन्ः ४४ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा, दिदीबहिनी र दाजुभाइहरू सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भमा राष्ट्रिय मेलमिलापको आवश्यकता र महत्त्व अझ बढेको मैले महशुस गरेको छु । ऐतिहासिक दिनको स्मरणमा मनाइने यो दिवसले हामी नेपालीको आत्मीयता, आपसी सद्भाव, विश्वास र एकता अझ घनिभूत हुने र हाम्रो राष्ट्रियता बलियो हुने विश्वास लिएको छु ।
जय नेपाल !