सामाजिक सञ्जाल

ओली सरकारको चासो जनताका न्युनतम मानवअधिकार भन्दा पनि सुचना विधेयकमाः अन्सारी

काठमाडौं राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले वर्तमान ओली सरकारलाई नागरिककको अधिकारप्रति कुनै चासो नभएको बताएकी छिन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत अन्सारीले सुचना प्रविधी विधेयकमा मग्न सरकार नागरिकको न्यूनतम मानवअधिकारबाट वंचित रहेको कुरा पनि हेक्का नभएको भन्दै आपक्ति प्रकट गरेकि छिन् ।

साथै उनले संविधानको कार्यान्वयनमा पहल लिने सरकारले गरीबको गास, बास तथा कपासको व्यवस्था पहिले गर्नुपर्ने बताईन् ।

उनको ट्वीटरः सुचना प्रविधी विधेयकमा यति मग्न छ सरकार की उसलाई आफ्ना नागरिकको न्यूनतम मानवअधिकारबाट वंचित रहेको कुरा पनि हेक्का छैन । संविधानको कार्यान्वयनमा पहल लिने सरकारले गरीबको गास, बास तथा कपासको व्यवस्था पहिले गर्नुपर्ने हो।