धरान । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डाक्टर प्रकाशशरण महतले सरकारले संबैधानिक निकायलाई आफ्नो छायाको रुपमा प्रयोग गर्न लागेको आरोप लगाएका छन।
आज धरान उपमहानगरपालिकाले धरानमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै डा महतले जनता सरकारको काम देखेर असन्तुष्ट भएपनी त्यसलाई बाहिर ल्याउन डराइरहेको भन्दै नडराईकन आफ्ना असन्तुष्टिहरुलाई बाहिर ल्याउन महतले अपिल गरे ।
केपि ओलि नेतृत्वको सरकारको २ बर्षे कार्यकालको मुल्यांकन गर्दै कांग्रेस महतले सरकारको दुई बर्षले सरकार कुरा गर्न सफल र काम गर्न असफल छ भनेर प्रमानित गरेको जिकिर गरेका छन् । सरकारले काम भन्दा पनि भाषण धेरै गरेको उनको भनाई छ ।
उनले कांग्रेसमा ब्यक्तिलाई केन्द्रमा राखेर राजनीति गर्ने परिपाटी अन्त्य भयो भने कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउन कुनै समस्या नहुने दाबी गरेका छन् ।
ब्यक्तिवादी प्रवृत्ति अन्त्य भयो भने हामी कसरी चुनावमा सफल हुन्छौ भन्ने कुराको शिक्षा धरान उपमहानगर पालिकाको चुनावी परिणामबाट लिनुपर्ने पनि डाक्टर महतले बताए ।





