काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीदललाई कुखुराको चल्लाको संज्ञा दिएका छन् । कांग्रेसले कुरै नबुझि अरुको पछि लागेको भन्दै उनले यसो भनेका हुन्
गण्डकी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका ओलीले सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरू लागिपरेको आरोप लगाउँदै यस्तो संज्ञा दिएका हुन्।
विपक्षीले गैरविषयलाई विषय बनाएर जनतामा भ्रम छरेको बताए। सोहि क्रममा प्रधानमन्त्री ओलीले विपक्षीलाई कुखुराको चल्लासँग तुलना गर्दै भने, ‘कुखुराका चल्लाहरूले फट्यांग्रो टिपेर गुरर कुद्छ। त्यो चल्लाले के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कुद्छन्।’
उनले संसदमा पेस हुने विधेयकहरुबारे त्यहाँ छलफल गर्नु पर्नेमा पर्याप्त कुरा गर्ने ठाउँ नभएपछि जनतामा भ्रम छर्न विपक्षी दल लागी परेको आरोप लगाए। संसदमा के विषयमा विधेयक लिएर गएको छ भन्दा पनि विपक्षीले कुरै नबुझी विरोध गर्ने गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।





