आर्थिक

प्रधानमन्त्री ओलीको बुधबार मिर्गाैला प्रत्यारोपणः आजदेखी अस्पतालमा भर्ना हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिँदै छ । जस्कालागि सम्पुर्ण तयारी पुरा भएको बताईएको छ । बुधबार हुने मृगौला प्रत्यारोपणका लागि ओली आजदेखी अस्पताल भर्ना हुँदै छन् ।

पर्सि बुधबार मिर्गौलाको प्रत्यारोपण गर्नका लागि प्रधानमन्त्री ओली आजै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुन लागेको बताईएको छ ।

यसअघि प्रधानमन्त्री ओलीको १३ वर्षअघि भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसबेला उनलाई बुहारी नाता पर्ने अञ्जना घिमिरेले मिर्गौला दिएकी थिईन् ।

अहिले प्रधानमन्त्री ओलीलाई भाञ्जी नाता पर्नेले मिर्गौला दिने भनिए पनि नाम खुलाइएको छैन । प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणका लागि देशकैै सरकारी अस्पताल रोजेका छन् ।

पहिलोपटक प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि उनि नियमित डायलासिस गराउँदै आएका छन् ।