काठमाडौं । प्रमुख प्रपिक्षी दल नेपाली कांग्रेसमा फेरी पनि बिबाद चुलिन थालेको को । आफुहरुको असहमतीका बाबजुत पार्टी सभापती शेरबहादुर देउवाले विभाग गठन गरेपछी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट बनेको हो ।
पौडेल समुहले जिल्ला सभापतीहरुको प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ । पार्टी नेतृत्व सभापती संग रुष्ठ पौडेल समुहको उपलब्ध केन्द्रिय सदस्य जिल्ला सभापती र उपसभापतिहरुको भेला पुर्व महामन्त्री प्रकाशमान सिंहको घर चाक्सीबारीमा बसेको थियो ।
उक्त बैठकले पार्टीको १४ औं महाधिवेशन प्रभावित गर्ने उद्येश्यका साथ कार्यक्रम राखिएको दाबी गर्दै जिल्ला उपसभापतीहरुको भेला बहिस्कार गर्ने निर्णय सिंहको भनाई छ । सहमतिका साथ भएका निर्णय र तय गरिएका कार्यक्रमहरूमा भने सहयोग गर्ने उनले बताए ।
‘१४ औं महिधिवेशनको तिथि मिति तोकिसकेकाले पार्टीमा निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै नेता सिंहले ‘महाधिवेशनलाई प्रभावित गर्ने कुनै पनि काम अब पार्टीबाट भए मान्य नहुने बताएका थिए ।
चार वर्षसम्म निष्क्रिय रहेका सभापतिले पार्टी कब्जा गर्ने रणनीतिका साथ अहिले विभागहरु गठन गर्ने, जिल्ला उपसभापतिहरुको भेला गर्न थालेको पौडेल समूहको आरोप छ ।

यस्तै कांग्रेसका नेता अर्जुननरसिंह केसीले चारवर्षे कार्यदल सकिएको दुई दिनपछि सभापतिको सक्रियता सुरु भएको भन्दै पार्टी कब्जा गर्ने रणनीतिका साथ यस्तो भईरहेको भन्दै अआफुहरुलाई त्यो मान्य नहुने चेतावनी दिएका छन् ।
बैठकमा केन्द्रीय सदस्य प्रकाशमान सिंहको निवास चाक्सीबारीको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताहरु अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, दिपक गिरी, सरिता प्रसाईं, बद्रि पाण्डेसहितका कयौं नेताहरु सहभागी थिए ।





