पु.समाचार

सरकारलाई कांग्रेसको कडा प्रश्नः कोरोना रोक्ने रियाक्सनले कि एक्सनले ?

काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले कोरेना भाईरसको मामलामा सरकार गम्भिर नभएको आरोप लगाएको छ ।

संक्रमनबाट बच्न नेपाल सरकारले धेरै ठुलो गफहरु दिने गरेपनी काम गर्नुपर्ने स्थानमा नगरेको बताएको छ । सामाजिक सञ्जाल ट्वीट मार्फत कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले तरार्ईका नाकाहरुलाई पुरै खुल्ला राखी बिद्यालयहरु मात्रै बन्द गरेर कोरोना संक्रमन नहुने हो र ? भन्दै प्रश्न गरेका छन् ।

कोरोनाको जोखीम भएका बेलामा विद्यालय बन्द गर्नु गलत नभएपनि नाकाहरुमा लापरबाहि भएको भन्दै विभिन्न नाकाहरुमा कडाई गर्नु आग्रह गरेका छन्  । सिमा नाकामा स्वास्थ परिक्षण बेगर निर्वाध प्रवेश किन जारी रहेको छ ? भन्दै कोरोना रोक्ने रियाक्सन ले कि एक्सनले भन्दै प्रश्न गरेका छन् ।

यस्तै कांग्रेसले चीनको बुहानबाट फैलिएको कोरोना संक्रमण रोक्नका लागि नेपाल सरकारको ध्यानाकर्शण गउाँदै आएको छ । भने आज प्रतिनिधि सभा बैठकमा पनि सरकारलाई यसको बारेमा जानकारी दिन आग्रह गरिएको छ । यस्तै सांसद गगन थापाले कोरोना सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छन् ।

उनको ट्वीटः कोरोनाको खतरा बढ्दा बिधालय बन्द गर्नुपर्दछ नै, तर खतरा भित्रीन सक्ने तराईका नाका पुरै खुला राखेर बिधालय बन्दले मात्र कोरोनाको संक्रमण रोक्न सकिने हो र ? @hello_sarkar सिमा नाकामा स्वास्थ परिक्षण बेगर निर्वाध प्रवेश किन जारी छ रु कोरोना रोक्ने कोरोना रोक्ने `रियाक्सन´ ले कि `एक्सन´ ले ?