काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पछिल्लो समय विश्वभरी नै फैलिएको कोरोना भाइरसको विषयमा केहि आफ्नो धारण राखेका छन्। चीनवाट फैलिएको उक्त भाइरसका कारण ४ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
पुर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले आज एक अनलाइनसँग कुरा गर्दै कोरोना भाइरसको सङ्क्रमणकालीन अवस्थामा उडान रोक्नुपर्ने नदेखिएको भनेर नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु बोलिरहेको बताए । नेता थापाले भने, ‘कोरोना संक्रमण भित्रिन नदिन उडान बन्द गर्न आवश्यक छ कि छैन भनेर नागरिक उड्डयनले भन्ने होइन, जनस्वास्थ्यका विज्ञहरुले भन्ने हो । नेपालको ‘हेल्थ सिस्टम’को आँखाबाट हेर्ने हो ।’
थापाले कि आवागमन बन्द गर्नुपर्छ कि संक्रमण फैलिएको देशबाट आउनेहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने बताए । यसबारे उपपधानमन्त्री नेतृत्वको संयन्त्रले जनस्वास्थ्यका विज्ञहरुको राय सल्लाह लिएर निर्णय गर्न सुझाव दिएका छन् ।





