पु.समाचार

यसरी हुँदैछ सार्क सदस्य राष्ट्रहरुबीच भिडियो वार्ताः कोरोना भाईरस विरुद्ध साझा रणनीति बनाईने

काठमाडौं । दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) सदस्य राष्टहरुको आज भिडियो कन्फरेन्समार्फत छलफल हुँदै छ । चीनको बुहान सहरबाट फैलिएको कोरोना भाईरसले पुरा विश्वनै आक्रान्त बनिरहेको बेला यो छलफल महत्वपुर्ण हुने देखिएको छ ।

साथै आजको यो भिडियो वार्ता कोरोना भाईरस कोभिड १९ विरुद्धको साझा रण्नीति तय गर्नलाई बिषेश हुनेभएको जनाईएको छ । हाल सार्कको सदस्यमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका र अफगानिस्तान लगाएतका मुलुकहरु रहेका छन् ।

भने सार्कको अध्यक्षता नेपालले गरिरहेको छ । सार्क सदस्यहरुबीचको यो भिडियो कन्फरेन्स आज साँझ सवा ५ बजेहुने भएको छ । भिडियो कन्परेन्सको नेतृत्व भारतिय प्रधानमन्त्री नरेन्दै मोदीले गर्ने जनाईएको छ । साथै भिडियो वार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् । दोस्रो पटक मृगौला प्रत्यतरोपन पस्चात प्रधानमन्त्री ओली सहभागि हुन लागेको यो पहिलो औपचारीक कार्यक्रम पनि हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयभित्र रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बताए । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारले सार्क देशहरुले कोरोनाविरुद्ध लड्न साझा रणनीति बनाउने बताए ।

भिडियो कन्फरेन्समार्फत् सार्क सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरुले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आफ्नो देशले गर्दै आएको र गर्नुपर्ने कामका विषयमा धारणा राख्नेछन् । त्यसपछि एकीकृत रणनीति बनाउने योजना छ ।

यसअघि मोदीले सामाजिक सन्जाल ट्वीटरमार्फत् सार्क सदस्य राष्ट्रहरुले कोरोनाविरुद्धको लडाइँमा एकीकृत योजना बनाउन प्रस्ताव गरेका थिए । उनको यो प्रस्तावमा नेपालसहित सबै सदस्य राष्ट्रहरुले सहमति जनाएका थिए ।