पु.समाचार

अब कोरोना संक्रमणको उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता

काठमाडौं । चीनवाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले गर्दा अहिले विश्वलाई नै तरंगित बनाएको छ । नेपालमा भने अहिलेसम्म कोरोणाको संक्रमण भने देखिएको छैन । तर नेपाल सरकारले भने यसको लागि तयारी गरिरहेको छ । 

विभिन्न जिल्लाहरुमा पनि आइसोलेटेडको व्यवस्था गरिएको छ । यो सँगै सोमबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ । अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता र अप्रत्यक्ष रुपमा संलग्न अन्य जनशक्तिलाई २५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो । त्यस्तैगरी स्वास्थ्यकर्मीका लागि २० हजार थान सेफ्टी किट (पीपीपी) किन्ने निर्णय पनि गरेको छ ।