राजनीति

प्रवक्ता श्रेष्ठ भन्छन्ः सीमा नाकासम्म चल्ने सम्पुर्ण यातायात बन्द गरौं

काठमाडौं । सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना नियन्त्रणका लागि सरकारले सीमानाकासम्म चल्ले सम्पुर्ण यातायात बन्द गर्नुपर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत प्रवक्ता श्रेष्ठले सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको निम्ति आबश्यक तयारिका साथ आँशिक लकडाउन सहितका कदमहरुको घोषणा गरेको भन्दै यो स्वागत योग्य रहेपनि सीमा नाकासम्म चल्ने यातायात बन्द गर्नुपर्ने बताएका हुन् । 

साथै श्रेष्ठले सिमानामा आवत–जावत र सबै सार्बजनिक सवारी साधनहरु पनि बन्द गर्ने निर्णय गर्न सरकारलाई सुझाव दिएका छन् ।

उनको ट्वीटः बिश्वभर कोभिड -१९ महामारीको बिरुध्द युध्दस्तरमा अभियानहरु चालिएका छन् । हाम्रो सरकारले रोकथाम, नियन्त्रण र उपचारको निम्ति आबश्यक तयारिका साथ आँशिक लकडाउन सहितका कदमहरुको घोषणा गरेको छ । यो स्वागतयोग्य छ । सिमानामा आवतजवत र सबै सार्बजनिक सवारी साधनहरु पनि बन्द गर्ने निर्णय गरिहालौं ।