काठमाडौँ, ९ चैत । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको शब्द र संगीतमा अहिलेको कोरोना सन्त्रासको सन्दर्भमा गीत तयार पारिएको छ । ‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’ बोलको गीतमा गायक प्रमोद खरेल र गायिका शितल मोक्तानको स्वर रहेको छ । बुधबारशब्द र संगीत तयार गरिएको गीतको रेकर्डिङ बिहीबार गरिएको हो । शुक्रबार भिडियो छायाङ्कन गरिएको गीत आइतबार सार्वजनिक गरिनेछ ।
शर्माको शब्द र संगीत रहेको उक्त गीतमा एरेन्जर मनोहर सुनामले गरेका छन् ।





