राजनीति

अब पुर्बाधारको विकास कृषिलाई केन्द्रमा राखेर गर्नुपर्छः बरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना संक्रमणका कारण बिश्वसँगै बिश्वमा बस्ने नेपालीहरु पनि प्रभावित भएको बताएका छन् । अमेरिकादेखी अष्ट्रेलीया, खाडी, भारत लगायतका नेपालीहरुलाई स्वास्थ्य लाभको कामना गर्दै नेपालमा आर्थिक उथलपुथल हुने सम्भावना देखिएको हुँदा तत्काल नै नेपाल र नेपालीलाई कसरी बचाउने भन्ने कुरा आजको चिन्ताको बिषय भएको बताएका छन् । उनले नेपाल समृद्धि अनि दीगो विकासका आधार कृषि, पर्यटन र उर्जा शक्तीको बिकास नै भएको भन्दै अहिले बाँकी रहेको शक्ती भनेको कृषि भएके जिकिर गरेका छन् । उनले केषि क्रान्तीको कार्यान्वयनले नै नेपाल र नेपाली बाँच्ने आधार हुने ठोकुवा गरेका छन् । कृषि क्रान्तीमा नयाँ औजारहरु र सिँचाईको व्यवस्था अनि गुणस्तरीय बिउ लगायतको आवश्यक्ता पर्ने भन्दै मानिसहरुलाई काम गर्न सजिलो हुनुपर्ने कृषि क्रान्ती गर्नुपर्ने बताए । उनले परम्परागत हलो, कुटोकोदालो भन्दा आधुनिक औजारहरु, कृषिको अनुसंधान, शिक्षा, कृषि पेशालाई ध्यान दिँदै राज्यको आर्थिक सामाजिक कुराहरु परिवर्तन गर्न लाग्नुपर्ने बताए ।

उनले अशिक्षीत, गरिव, पछाडी परेको बर्गालाई राज्ले जिम्मा लिनुपर्ने बताउँदै किशानको सोझै बजारमा पहुँच गराउने काम गरे आयात प्रतिस्थापन गर्ने दाबी गरे । कोरोना भाईरस माहामारीका कारण उनले नेपालमा रेमिट्यान्समा समस्या आईसकेको बताउँदै अब कृषि क्रान्तीको बिकल्प नभएको बताएका छन् । अहिले नेपालमा गाँउ छाडेर शहर आउने, शहरबाट विदेश जाने कार्य निरन्तर चलेको बताउँदै भूमी बैंक खडा गरेर बेरोजगार, उद्यमी गर्न चाहने मान्छेलाई गाँउमा खाली जग्गाको उपयोग गरेर रोजगार श्रृजना गरी गाउँमै युवालाई बस्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

नेता पौडेलले नेपालले हावा, पानी, माटो लगायतका प्रकृति नेपालले राम्रो पाएको भन्दै आधुनिक प्रबिधि भित्र्याउन जरुरी भएको बताएका छन् । उनले नेपाललाई प्रकृतिले दिएको बरदान हिमाली भागमा चौंरी पालन गर्ने लगायत कृषिमा नयाँ नयाँ प्रकारका क्षमता भएको बताएका छन् । बरिष्ठ नेता पौडेलले बाहिर विज्ञानले खोजेर नपाईने कुराहरु हिमाली क्षेत्र, तराईको माटो, पहाडमा तरकारी तथा अन्न उत्पादनका कुराहरु गरी आफ्नै देशमा उत्पादन गर्ने हाम्रो सामथ्र्यलाई उपयोगमा ल्याउनुपर्ने बताएका छन् ।

बरिष्ठ नेता पौडेलले बिश्वको अहिलेको संकट देशमा नआउनु हाम्रो प्रकृति र संस्कृतिले बचाएको हुनसक्ने आँकलन गर्दै अबको विकास भनेको प्रकृतिमैत्री बिकास भएकोजिकिर गरेका छन् । उनले सबैपक्षबाट कृषिलाई हेला गरिएको, राज्यले उपेक्षा गरेको भन्दै अब कुनैपनि हालतमा कृषि क्रान्ती गर्नुपर्ने बताए । नेता पौडेलले बाटो बिजुली पानीका कुराहरु कृषिलाई केन्द्रमा राखेर गर्नुपर्ने बताउँदै कृषिपछि सहकारी आन्दोलनले शान्तीपूर्ण रुपमा समाजलाई शोषकबिहीन बनाउदै समाजबादतर्फ जान मद्दत गर्ने बताए ।

नेता पौडेलले नेपाल सरकारले बिभिन्न नेपालीहरुलाई अध्ययन गर्न बिदेश पठाएका अनुभवी, बिदेशमा काम गरेर अनुभव बटुलेका र देश भित्रकै नागरिकहरुलाई तालीम दिएर कृषिमा ब्यावशायीकता ल्याउन जरुरी भएको जिकिर गरेका छन् । नेता पौडेलले कृषिमा आधुनिकता ल्याउनुपर्ने भन्दै आधुनिकताको नाममा नेपालमा भएका राम्रा कुराहरुलाई हटाउन नहुने बताएका छन् । उनले नेपालको आर्थिक, सामाजिक लगायतका परिवर्तनका लागि कृषि क्रान्ती जरुरी भएको पटक पटक दोहोर्याएका छन् ।

बरिष्ठ नेता पौडेलले लकडाउन भनेर बजारमा कृषकले उत्पादन गरेका तरकारीहरु बजारमा बेच्न नपाउने अवस्था हटाउन सरकारलाई आग्रह गर्दै मुलुकमा जमिनको कमी नभएको भएपनि जपिमनको सहि सदुपयोगका लागि कृषि सम्बनधी उद्योगहरु खोल्नुपर्ने विचार व्यक्त गरेका छन् । अलैची, चिया, कफी, अदुवा, बनस्पती लगायतका कुराहरुको अध्ययन गरेर यसको उत्पादन तथा पैठारीका लागि राज्यले कृषिलाई ध्यान दिनुपर्ने बताए । होटल होटलमा बसेर अरुको कुरा काटेर बस्ने प्रवृति त्याग्दै राज्य र जनताले कृषिका लागि काम गर्नुपर्ने बताए ।

बरिष्ठ नेता पौडेलले बर्तमान सरकारका कृषि मन्त्री कृषि सम्बन्धी बुझेको भएपनि केही नगरेको बताए । सरकारका निर्णय गर्ने अनि २ घण्टापछि पुनः निर्णय भएकै छैन भनेर जनता ढाँट्ने प्रबृति राम्रो नभएको बताए, उनले उपत्यका बाहिर जान बिहीबर सरकारले जनताका लागि गरेको निर्णय र रद्द गरेको निर्णयलाई जोडेका हुन् । उनले एउटा ठेक्का दिने अनि फेरि ठेक्का रद्द गने लगायतका शुसासनका कुराहरुमा सरकार चुकेको आरोप लगाउँदै कसरी गाँउलाई बचाउने भन्नेमा गाँउपालीका, नगरपालीकाका प्रतिनिधिहरुचिन्तित रहेको बताउँदै यो संघीयता नभएको भए कोरोना भाईरसको संक्रमणबाट बच्न गाह्रो पर्ने थियो भन्ने प्रमाणित भएको जिकिर गरेका छन् । नेता पौडेलले प्रजातन्त्रका मूल्य र मानयमा आधिारित भएर काम गर्ने भनेर संबिधानमा नै लेखिएको भन्दै कसैले गल्ती गरेमा सच्चिएर अगाडी बढ्नुपर्ने बताए ।

बरिष्ठ नेता पौडेलले छिट्टै धनी बनिहाल्ने चुनाव जित्ने र मन्त्री हुने खाल्को क्षणीक सोचको बिकास भईरहने हो भने राष्ट्र संकटमा पर्ने भन्दै राष्ट्र बचाउनका लागि कृषि क्रान्ती नै अहिले महत्वपूर्ण भएको बताए ।