काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपालमा अमेरिकाको न्युयोर्कमा देखिएको कोरोना संक्रमणको माहामारी जस्तो भयावह अवस्था आए के गर्ने ? भन्ने प्रश्न गरेका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहालबीच भएको मनमोटाव र रक्षामन्त्री र गृहमन्त्रीबीचको मनमोटाबका कारण देशको स्थीती लथालिङ्ग भएको प्रमाणित भएको बताएका छन् ।
संयोजक मिश्रले देशको यस्तै अवस्थाका कारण उच्च स्तरिय राजनीतिक संयन्त्र गठन गर्न प्रस्ताव गरेपनि उक्त प्रस्ताव नमानेर सबै प्रमुख नेता प्रमको नेतृत्वमा एक ठाउँमा नबसी बाहिरबाट टिप्पणीरखबरदारी गरेर अनि संसदीय समिति चलाएर जोखिमबाट पार पाउने आशा गरेको हो भने, के भन्नु र खै ! भन्दै आश्चार्य जनाएक छन् । साझा पार्टी संयोजक रवीन्द्र मिश्रले उच्च स्तरीय संयन्त्र गठन गर्न लविङ गर्दै नेकपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दहालसँग छलफल गरिसकेका छन् । पार्टीले निर्णय गर्दै पटक पटक संयन्त्र निर्माणका लागि माग गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली संयन्त्र गठन गर्ने कुरामा सहमत छैनन् भने नेकपा अध्यक्ष दहालले सहमती जनाएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले पनि संयोजक मिश्रको प्रस्तावलाई अर्थपूर्ण रुपमा हेरेको राजनीतिक बृतमा चर्चा चलिरहेको छ ।
संयोजक मिश्रको स्टाटस्ः हामीकहाँ न्युयोर्कको जस्तो स्थिति आए के गर्ने? पार्टी अध्यक्ष–अध्यक्ष, मन्त्री–मन्त्रीबीच चिसोपन। स्थिति लथालिङ्ग। यस्तो अवस्थामा सबै प्रमुख नेता प्रमको नेतृत्वमा एक ठाउँमा नबसी बाहिरबाट टिप्पणीरखबरदारी गरेर अनि संसदीय समिति चलाएर जोखिमबाट पार पाउने आशा गरेको हो भने, के भन्नु र खै !






