राजनीति

रवीन्द्र प्रधानमन्त्रीलाई भन्छन्ः वरिपरीकाको भन्दा साझाको सल्लाह देशलाई हितकर

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च स्तरीय संयन्त्रको कुनै आवश्यक्ता नभएको भनपछि भावुक हुदै प्रतिकृया दिएका छन् । संयोजक मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तपाईं वरिपरीका सल्लाहकारले दिएको भन्दा साझा पार्टीले दिएको सल्लाह तपाईं र देशका लागि बढी हितकर हुनसक्छ। एकपटक विचार गर्नुहोला भन्ने मार्मिक सल्लाह दिएका छन् । साझा पार्टीले उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्न राखेको प्रस्तावमा अध्यक्ष पुष्पकमल दहाल संयोजक मिश्रसँग सहमती थिए भने काँग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक थिए ।

आज एक्कासी प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कुराकानीमा कुन्ैपनि प्रकारको बेग्लै संयन्त्र आवश्यक नपर्ने सरकारले नै काम गर्ने बताएकापछि संयोजक मिश्र भावुक हुँदै प्रतिकृया दिएका हुन् । नेकपाकै नेता नारायणकाजी श्रेष्ठले संसद बिकास कोष खारेज गर्न सुझाव दिएकोतर्फ संकेत गर्दै यदि खारेज गरिए त्यसबाट २० अर्ब बचत हुने जनाएका छन् ।

संयोजक मिश्र भन्छन्, ‘सानो पार्टीले भनेको कुरा राम्रै भए पनि सुन्यो भने आफ्नो अहंमा चोट पुग्छ भन्ने लागेको होला तपाईंलाई। त्यसरी नसोच्दा बेस होला।’ उक्त स्पष्ट पार्दा उनले प्रधानमन्त्री ओलीलाई नीति निर्माण गर्नु पर्ने सांसदलाई ‘ठेकदारु बनाउन’ हुँदैन भन्ने पार्टीको भनाईलाईपनि जोडेका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको स्टाटस्ः

प्रधानमन्त्रीज्यू,

तपाईंले ‘छुट्टै संयन्त्र’ चाहिँदै भन्नुभएछ, ठिकै छ। क्बवजब एबचतथ ले त ‘छुट्टै’ होइन, तपाईंकै नेतृत्वमा तपाईंलाई नै सघाउन प्रमुख दलका नेताहरू सबै एकवद्ध भएर एउटा उच्चस्तरीय संयन्त्र बनोस् भनेको हो। प्रचण्डजीलाई पनि मैले त्यही सुझाएको थिएँ। उहाँ सकारात्मक हुनुहुन्थ्यो।

अनि तपाईंका अर्का नेता नारायणकाजी श्रेष्ठले सांसद विकास कोष खारेज गर्न माग गर्नुभएछ, जुन माग हामीले शुरूदेखि गर्दै आएका थियौँ। कोरोना संक्रमणको असरसँग लड्न एक वर्षमा २० अर्ब त त्यसबाट मात्र बचत हुन्छ।

हाम्रो प्रदेश सांसद क्जयखब क्जबपथब ले त सो रकम आफू पनि नलिने घोषणा गर्दै अरूलाई पनि नलिन आग्रह गर्नुभएको थियो। नीति निर्माण गर्नु पर्ने सांसदलाई ‘ठेकदारु बनाउन’ हुँदैन भन्ने हाम्रो भनाई हो।

अब त्यो सल्लाह पनि सुन्दिन भन्नोस् है। सानो पार्टीले भनेको कुरा राम्रै भए पनि सुन्यो भने आफ्नो अहंमा चोट पुग्छ भन्ने लागेको होला तपाईंलाई। त्यसरी नसोच्दा बेस होला।

तपाईं वरिपरीका सल्लाहकारले दिएको भन्दा साझा पार्टीले दिएको सल्लाह तपाईं र देशका लागि बढी हितकर हुनसक्छ। एकपटक विचार गर्नुहोला।