शोभा रावत् / बैशाख १ काठमाडौं । चीनको बुहान सहरबाट फैलिएको प्राण घातक कोरोना भाईरस संक्रमण फैलन नदिन नेपाल सरकारले जारी गरेको लकडाउनको आज लगभग २० दिन पुगीसकेको छ । विश्वभरी कारोनाको माहामारी तिब्र गतिमा फैलिएपछि नेपाल सरकारले गत चैत्र ११ गतेदेखी पुरै देशमा लकडाउन जारी गर्यो ।
यतिबेला मुलुकभरका शैक्षिसंस्था, यातायात, उद्योगधन्दा लगायत पुरै ठप्प छन् । साथै बाहिर मुलुक जाने हवाई यातायात पनि पुर्ण रुपमा ठप्पै छन्, विभिन्न सीमानाकाहरुमा सुरक्षाकर्मी तैनाथ गरिएका छन् । कोरोना संक्रमण फैलन नदिन नेपाल–भारत दुबै देशले सीमानाकाहरु बन्द गरेका छन् ।

भारतसंगको सीमानाकामा कडाई गर्नु एकातिर राम्रो पक्ष भएपनि आजपनि कयौं नेपाली भारतीय सिमामा खान र बस्नको अभावमा अलपत्र परिरहेका छन् । भारततर्फ नेपालीहरु एउटै कोठामा सयौंको संख्यामा थुनिएर बसेका छन् । एकातिर कोरोना संक्रमणको ज्ञास अर्कोतर्फ खानपीन नहुँदा भोकभोकै, जसका कारण उनीहरुको जिवन झनै जोखिम बनेको छ । सीमामा अलपत्र नेपालीको उद्वारमा सरकार उदासीन देखिएको छ । सीमामा अलपत्र नेपालीलाई उद्वारग री क्वारेन्टाईनमा राख्न चौतर्फी दबाब आएपनि सरकारले कदम चाल्न सकेको छैन।
काठमाडौंमा रहेका मजदुर लगायत विद्यार्थिहरु खानाखानै समस्या भएपछि हिँडेर भएपनि आफ्नो घरतिर लाग्ने गरेका छन् । यस्तै लकडाउन पछि घर बाहिर निस्कनेलाई कारबाहि गर्ने सरकारले चेतावनी जारी गरेसंगै सर्वसाधारणहरु विगत २० दिनदेखी घरभित्रै छन् । सहरका सडक र गल्लिहरु सुनसान छन् भने सडकहरुमा भुसिया कुकुरहरुले नै कब्जा जमाएको जस्तो देखिन्छ, कतिपय स्थानमा त कुकुरहरु पनि पानी र खानेकुरा नभएर छट्पटाएका देखिन्छन् । साथै बाटो हरुमा बिहान र साँझमा छिटपुट मान्छेहरु देखिने गरेपनि दिउँसोको समयमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी लगायतका अतयावश्यकीय क्षेत्रमा आबद्ध मानिसबाहेक बाहेक कोहि देखिँदैन ।
२०७६ साललाई बिदाई गरि आज नयाँ वर्ष २०७७ साललाई स्वागत गरिएको छ । तर अघिल्ला सालजस्तो नयाँवर्षको अवशरमा मुलुकमा कुनै रौनक छैन । कोरोना संक्रमणको त्रास र लकडाउनका कारण घुम्न जाने लगायतका विभिन्न कार्यक्रमहरु सबै स्थगीत छन् जसले गर्दा यो वर्षको नयाँ साल शुनसान छ । नेपालमात्र होईन बिश्व नै अहिले तनावमा रहेको अवस्था छ ।
मुलुकैभरी कोरोना संक्रमणको त्रास फैलिरहँदा उता गाउँघरतिर भने मान्छेको चहलपहल छ भन्ने समाचार आईरहेका छन् । गाउँघरमा लकडाउनको प्रभाव कम देखिएको छ । काठमाडौंमा लगायत मुलुकका सहरमा डेरीगरि बस्ने धेरैजसो विद्यार्थि, मजदुरहरु आ–आफ्नो घरतिर फर्किएका कारण यतिबेला गाउँघरहरुमा बाक्लो चहल–पहल देख्न सकिन्छ । मानौं गाउँमा कुनै चाडबाढ लागेको जस्तो भान हुने गर्दछ । मुलुकका शैक्षिक संस्था, बयपार ब्यावशायसबै ठप्पभएपछि सहरमा बस्नेहरु सबै आफ्नो घर पर्किएका छन् । मुलुकमा तरकारी पसल, मासु पसल, पानी पसल, औषधि पसल, ज्ञास पसलहरु खुल्ला हुँदा उनीहरुलाई भने दशैं लागेको हो कि भन्ने देखिन्छ ।
गाँउमा घरमा परिवारका प्रायः सबै सदस्य जम्मा भएर घर, खेतबारीको काम गर्दै रमाईरहेका छन् । यतिवेला गाउँघरमा सबै नागरिकहरु आफ्नो घरकै काममा व्यस्त छन् । चैत्र, वैशाख महिना गाउँघरमा विभिन्न अन्नपात भित्र्याउने सिजन भएकाले पनि नागरिकहरु खेतबारी, करेसाबारी मै व्यस्त छन् । गाईवस्तुको हेरचाहदेखी गहुँ, मुसुरो, जौं , लगायतका अन्नपातहरु भित्र्याउनै भ्याईनभ्याई छ गाउँ–घरतिर ।
कारोनाको त्रास भएपनि गाउँघरमा सबै नागरिक ढुक्क रुपमा हिँडेका छन् । यस्तै शहर बजार तिर नागरिकलाई घर बाहिर निस्कन पुरै प्रतिबन्ध लगाईएको छ, कतिपयहरु पुस्तक पढेर दिन बिताईरहेका छन् त कतिपय फोसबुक, ट्वीटर जीस्ता सामाजिक सञ्जालमा व्यस्त छन् । अरुबेला कसैलाई समय दिन नभ्याउने ठूला ठूला ब्यापारी, उद्योगपतिहरु प्नि आजकाल सामाजिक सञ्जालमा ब्यस्त हुन थालेका छन् । कतिपय राष्ट्रसेवक कर्मचारीहरु, चारै वटा निकायका सुरक्षाकर्मी, डाक्टर तथा स्वाथ्यकर्मी, सञ्चारकर्मीहरु भने झनै आफ्नो काममा ईमान्दारका साथ खटिएका छन् । जनतालई सुरक्षा दिन सुरक्षाकर्मी, सुचना दिन सञ्चारकर्मी र स्वास्थ्य उपचार दिन स्वास्थ्यकर्मीहरु आफ्नो ज्यानको बाजि लगाएर भएपनि आफ्नो पेसामा ईमान्दारका साथ खटिएका छन् । तर तिनै जनतालाई सुरक्षा दिनलाई ज्यानको बाजी लगाएर दिनरात खट्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको तलब काटेर कोरोना संक्रमण रोकथाम कोषमा जम्मा गर्ने निर्णय गरेकोमा सर्बत्र बिरोध समेत भएको थियो ।
प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसदेखी विभिन्न राजनीतिक दलहरुले सरकारको उक्त कार्यको बिरोध जनाईरहेका थिए र छन् । संकटको यस्तो बेलामा खट्नेलाई प्रोत्साहन भत्ता दिनुको साटो उल्टै तलब काट्नु आफैमा सरकारको गैर जिम्मेवारी निर्णय हो । उनीहरुलाई अतिरिक्त भत्ता दिनु त कता हो कता उल्टै पारिश्रमीक कटाउनु मानवियताको पराकाष्टा पनि हुन्छ । कोरोना संक्रमण फैलन नदिनका लागि अहिले बिश्व स्वास्थय सागठन, नेपाल सरकार, स्वास्थय मन्त्रलय लगायत स्वास्थ्य सम्बन्धी आधिकारीक सरकारी निकायले भने बमोजिम सबै नेपालीले स्वीकार्न जरुरी पनि छ । नेपालमा कोरोना संक्रमीतको संख्या दिन–प्रतिदिन वढ्दै गएको अवस्थामा उच्च सतर्कता अपनाउन जरुरी छ । आजसम्म नेपालमा कोरोना संक्रमीतको संख्या १३ पुगिसकेको छ । संक्रमणको संख्या वढ्दै गए र लापरबाहि गरिएमा अमेरिकाको जस्ते स्थीति नेपालमा नआउला भन्न सकिदैन ।
उता दैनिक ज्याला मजदुरी गरेर परिवारको पेट पाल्दै आएका मजदुरको अवस्था भने झनै बेजोग हुँदै गएको छ, उनीहरुको साँझ विहानकै छाक टार्नै मुस्किल परेको छ । सबै ठप्प भएपनि काम नगरि घरभित्रै वस्नुपर्ने भएकाले घरमा खाने अन्नको अभाव भएको छ । सरकारले राहत कोषको स्थापना त गरेको छ तर वास्तबिक पीडितसम्म पुगेको छ या छैन यसको बारेमा सरकारले कुनै चासो नै देखाएको छैन । जसको फाईदा अन्यले लिरहेका छन् । समाचारमा आईफोन बोक्ने, पाँच तोलाको सुनको सिक्री लगाउनेहरु राहतको लाईनमा बसेर राहत लिएको आईरहेको छ यदि सत्य हो भने वास्तविक पीडितलाई पहिचान गरि राहत दिन सरकार चुक्नु हुँदैन ।
कतिपय समाजसेवी भनउदा, वा राजनीतिक दलका नेता कार्यकर्ताहरुले राहतका नाममा दुईकिलो चामल र एउटा चाउचाउ दिएर फेसबुकमा फोटो राखेर पीडितको सामाजिक सञ्जालमा बद्नाम गरेका समाचारहरु पनि आईरहेका छन्, जुन जति नै निन्दा गरेपनि कम नै हुन्छ । आफुलाई समाजसेवी भनेर चिनाउन अहिले यस्तो सस्तो लोकप्रीता झल्काउने कार्य गर्नेहरुको विकृति नै मौलाएको छ । कोरोना संक्रमणको माहामारीका बेला स्वास्थ्य सामाग्री खरिदमा चरम भ्रष्टाचार भएको छ । चीनबाट गुणस्तरहिन स्वास्थ्य सामाग्री अत्याधिक महंगो मुल्यमा खरिद गरेर यस्तो बेला सरकारले झनै अपराध गरेको छ । तर स्वास्थ्य मन्त्री नै संलग्न रहेको त्यस्ता व्यक्तिलाई कारबाहि गर्नुको साटो उल्टै बचाउमा ओली सरकार लागेको छ ।
भ्रष्टाचार आफु गर्दिन र गर्नेलाई छाड्दिन भन्ने ओली सरकारको प्रतिवद्धता बेकारको भएको देखिन्छ । कतिपय अस्पतालहरुमा पीपीई बिनै ज्यानको जेखिम मोलेर चिकित्सकले स्वास्थ्य जाँच गरिहँदा सरकार भने तिनै स्वाथ्य सामागी्रमा भ्रष्टाचार गर्दै गुणस्तरहिन सामाग्री खरिदमा व्यस्त देखिनु गैरकानूनी त छंदैछ, सरकारले पाप र धर्मको अलिकतिपनि ख्याल राखेको देखिएन ।
यस्तोबेलामा सरकारले काठमाडौंमा अलपत्र परेका जनतालाई घरि जान दिन भनी निर्णय गर्दछ गरि नदिने भनी निर्णय गर्छ यस्ता बिबादास्पद निर्णयले नेपाली जनताको ओली सरकारले झनै मन दुखाएको छ । काठमाडौबाट दुई दिनका लागि उपत्यका बाहिर जान दिने निर्णय गरेपछि उत्शाहीत भएका नेपालीहरु पछि निर्णय उल्टिएपछि ठिक्क पारेको पोको पनि खोलेर सरकारलाई गाली गर्दै काठमाडौंमै रहेका छन् । कतिपय भए सुरक्षाकर्मीलाई अनुरोध गर्दै गाउँघरतिर हिँडिरहेका पनि छन् । सरकारले जनताको लागि अहिले पनि यस्ता बिबादास्पद र भ्रष्टाचारजन्य काम गर्दै जाने हो भने जनताले आउँदो निर्बाचनमा चिन्नेछन् । बेलैमा चेतना भया !





