बैशाख २ काठमाडौं । गएराति काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा चट्यांग, हावाहुरी सहित वर्षा भएको छ । यस्तै आज काठमाडौं क्षेत्र आसपास, पश्चिमका पहाडी जिल्ला र पूर्वका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पश्चिमका पहाडी भू–भाग तथ काठमाडौं र आसपासका क्षेत्रमा आंशिक बदलीका साथ हल्का पानी परिरहेको छ ।
आज काठमाडौं क्षेत्र आसपास, पश्चिमका पहाडी जिल्ला र पूर्वका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्नसक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यो क्रम ४ बैशाखसम्म जारी हुनेछ । विशेष गरी देशको पश्चिमी क्षेत्रका पहाडी भेग र पूर्वका केही स्थानहरूमा वर्षात् हुने महाशाखाको बिहान ६ बजेको नियमित बुलेटिनमा उल्लेख छ ।





