बैशाख २ काठमाडौं । नेपालमा फेरी दुई व्यक्तिमा कोरोमा संक्रमण देखिएको छ । काठमाडौंको एक अपार्टमेन्टमा बस्दै आएका एकै परिवाका दुई जनामा कोरोना संक्रमण देखिएको हो ।
सोमबार कोरोनाको संक्रमणको आसंकामा अस्पताल भर्ना गरिएका काठमाडौंको पेप्सीकोला स्थित सनसीटी अपार्टमेन्टमा दुईमा संक्रमण पुष्टि भएको छ ।
संक्रमीतको परिवार २८ दिनअघि बेलायतको लण्डनबाट आएर आफ्नै घरमा लुकेको बसेका थिए । साथै एक जनाको रिपार्टभने आउन बाँकी छ ।
सोमबार र्यापीड टेष्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएपछि पाटन अस्पतालमा भर्ना गरेर स्वाब संकलन गरिएको थियो ।
स्वास्थ्य मन्त्रालएको अनुसार दुई जनाको रिपर्ट पोजेटिभ आएपनि अर्का एक जनाको भने रिपार्ट आउन बाँकी छ ।





